Logo

जर्मनीमा पिज्जा ‘डेलिभरी’ को काम गर्दै अफगानिस्तानका पूर्वमन्त्री (भिडियोसहित)



काठमाडौं, भदौ १० । जर्मनीमा शरण लिईरहेका अफगानिस्तानका पूर्व मन्त्रीले पिज्जा ‘डेलिभरी’ को काम गरिरहेको भिडियो अहिले समाजिक सञ्जालमा भाईरल भईरहेको छ ।

अफगानिस्तानका पूर्व सञ्चार तथा प्रविधि मन्त्री सैयद अहमद सदातले साइकलमा खाना डेलिभरीका लागि जाँदै गरेको तस्बिर अगस्ट २४ मा अल जजिरा अरबिकले आफ्नो ट्वीटर ह्याण्डलमा पोस्ट गरेको थियो।

सन् २०२० मा मन्त्री पद छोडेर जर्मनी गएका उनले अक्सफोर्ड विश्वविद्यालयबाट कम्युनिकेशन र इलेक्ट्रोनिक इन्जिनियरिङ्गमा स्नातकोत्तर गरेका छन्। सैयद अहमद सदात अहिले जर्मनीको लेइप्जिगमा बस्छन् ।

उनी सन् २०१८ मा अशरफ गनीको मन्त्रीपरिषदमा सामेल भएका थिए। तर गनीसँगको मतभेदका कारण उनले सन् २०२० मा राजीनामा दिएका थिए।



प्रतिक्रिया दिनुहोस्