Logo

जर्मन कप फुटबलमा ब्रेमेर एसभी विरुद्ध बार्यन म्युनिखको दर्जन गोल



काठमाडौं, १० भदौ । बायर्न म्युनिखले जर्मन कप फुटबलमा १२–०को फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा बायर्नले पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२–० गोल अन्तरले पराजित गरेको हो ।
बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे भने जमल मुसिलाले दुई गोल गरे ।

यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले एक एक गोल गरे । ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गरे । उगो मारियो रातो कार्ड पाएपछि ब्रेमेर ७६ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सन् १९९७ पछि बायर्नको यो दोस्रो सर्वाधिक ठुलो जित हो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्