Logo

सुनको मुल्यमा सामान्य गिरावट



काठमाडौं, १० भदौ । नेपाली बजारमा केही दिनयता सुनको मुल्य घट्ने क्रम जारी रहेको छ । बुधबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मुल्य आज २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । हिजो प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

यसैगरी, चाँदीको भने आज मुल्य स्थिर रहेको महासंघले जनाएको छ । आज चाँदीको मुल्य प्रतितोला १२ सय १० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्