Logo

आजदेखि एक्सेल डेभलपमेण्ट बैंकको संस्थापक शेयर विक्रीमा



काठमाडौं, १० भदौ । एक्सेल डेभलपमेण्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रिमा ल्याएको छ । बैंकले दुई शेयरधनीको नाममा रहेको मुल ८२ हजार ५ सय ६६ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा ल्याएको हो ।

कम्पनीको अनुसार अनुराग गोयलको नाममा रहेको ६१ हजार ६६ कित्ता र टिकाराम शर्मा ढुंगेलको नाममा रहेको २१ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र आगामी ३५ दिनभित्र मूल्य र कित्ता खुलाई आवेदन दिन सक्नेछन् ।
कम्पनीले ३५ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्तिलाई विक्री गर्ने समेत जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot