Logo

एनआईसी एशिया बैंकद्वारा बीमा वापतको रकम हस्तान्तरण



काठमाडौं, १० भदौ । एनआईसी एशिया बैंकले दुई जना खातावालालाई १०–१० लाख गरी कुल २० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजना अन्तर्गत टोखा नगरपालिका–५, बसुन्धाराका अमरनाथ श्रेष्ठलाई घातक रोगको उपचार बीमा वापत १० लाख, बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । उक्त बीमा वापतको चेक निजकी पत्नी रुकमती श्रेष्ठलाई यस बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले हस्तान्तरण गरेका हुन् ।

बैंकको कञ्चनपुर पुनर्वास शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘प्राइम श्रेणी’ को खाता खोलेका पुनर्वास–६, कञ्चनपुर निवासी रमेश अर्यालको दुर्घटना पश्चात् मृत्यु भएकोमा उनकी पत्नी विनिता सुवेदीलाई दुर्घटना बीमा वापत १० लाख बीमा रकम भुक्तानी गरिएको बैंकले जनाएको छ । निजलाई यस बैंकको पुनर्वास शाखा प्रमुख एमपौस चौधरीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

बीमा सहितको निक्षेप योजनाअन्तर्गत हालसम्म देशभरका ५५० जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको ३ करोड ५८ लाख भन्दा बढी रकम प्राप्त गरिसकेका बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्