Logo

बेष्ट फाइनान्सको न्युरोड शाखा पिपलवोट स्थित रमा गृह भवनमा स्थानान्तरण



काठमाडौं, १० भदौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ । कम्पनीले सोही वडाको न्युरोड, पिपलवोट स्थित रमा गृह भवनमा भदौ ९ गते बुधवार उक्त शाखा स्थानान्तरण गरी कार्यालय संचालनमा ल्याएको हो ।

नँया शाखा कार्यालयको उदघाटन संस्थाका संचालक समितिका महिला संचालक सुशिला खनाल तथा नेपाल सुनचांदी व्यवसायी महासंघका उपाध्यक्ष एवं व्यवसायी महेन्द्र रत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

कार्यक्रममा न्युरोड क्षेत्रका प्रतिष्ठित व्यवसायीहरु तथा संस्थाका पूर्व पदाधिकारी एव स्थानीय जनप्रतिनीधिको उल्लेखिय उपस्थिति रहेको थियो । नेपालको ४ वटा पुरानो र्फानान्स कम्पनीहरु मर्ज भई बनेको यस वेष्ट फाइनान्स कम्पनी लिमिटेडले हाल १४ वटा शाखा कार्यालय मार्फत आफनो सेवा दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्