Logo

केपी ओलीको पालामा अरबौंको भ्रष्टाचार भएको छ, हामी खोजबिन गर्छौं : राजेन्द्र पाण्डे (भिडिओसहित)



काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र प्रसाद पाण्डेले नयाँ पार्टी खोलेकोमा खुशी लागेको प्रतिक्रिया दिएका छन् । केपी ओलीको कारण एमाले विभाजन भएको उनको टिप्पणी छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । ओलीले दुई तिहाई आफ्नो पार्टीको बहुमत हुँदाहुँदै पनि संसद् विघटन गरेको पनि उनले स्मरण गराए ।

उनले माधव नेपालले ओलीसँग अध्यक्ष पद नमागेको पनि स्पष्ट पारे । उनले भने,‘माधव नेपालले त मलाई अध्यक्ष चाहिँदैन भन्नुभएको थियो । बरु, दोस्रो पुस्ताका नेताहरुलाई तपाईँहरु नै अध्यक्ष बन्नुहोस भन्नुभएको थियो ।’

उनले नेकपा (एकीकृत समाजवादी) पार्टीको विधान नै भीम रावलले लेखेको भनेर सोमप्रसाद पाण्डेले भनेकोमा सत्यता रहेको पनि सुनाए । उनले केपी ओली नेतृत्वको सरकारको पालामा देशमा अरबौंको भ्रष्टाचार भएको भन्दै आफूहरु सरकारमा गएपछि छानबिन गर्ने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्