Logo

हामीलाई सरकारमा सहभागी हुनको लागि अहिलेसम्म प्रस्ताव नै आएको छैन् : महतो (भिडिओसहित)



काठमाडौं, १० भदौ । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याईदिनु भनेर नभनेको स्पष्ट पारेका छन् । उनले आफ्नो दल सरकारमा जानेबारे अहिले टुँगो नभएको बताए । तर, आफूहरुले पनि यो सरकारलाई समर्थन गरेकोले जान सकिनेपनि उनले सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरुका माग र मुद्दा पूरा गर्ने सवालमा प्रधानमन्त्री देउवालाई आग्रह गरेको पनि बताए । उनले भने,‘हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिएकै हो ।’ उनले सरकारमा सहभागी हुनेबारे आफूहरुलाई प्रस्ताव नै नगरेको पनि जिकिर गरे ।

उनले सरकारमा सहभागी हुनको लागि प्रस्ताव आए आफूहरुले बसेर सरकारमा जानेबारे निर्णय लिनपनि सक्ने सम्भावना सुनाए । उनले सरकारमा आफूले नै नेतृत्व गरेर जाने भनेर अहिले आएका समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारे । पार्टीले उपयुक्त निर्णय गरेपछि नै सरकारमा जाने वा नजाने कुरा टुँगो लाग्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्