Logo

भारतले दियो नेपाललाई अक्सिजन प्लान्ट (फोटोफिचर)



काठमाडौं, १० भदौ । भारतले नेपाललाई अक्सिजन प्लान्ट सहयोग गरेको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतीय जनता र सरकारको तर्फबाट नेपाली जनता र सरकारलाई अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको हो ।

उक्त अक्सिजन प्लान्ट स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा आज वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानलाई नेपालका लागि भारतीय राजदुत विनय मोहन क्वात्राले स्वास्थ्य राज्य मन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

कोभिड–१९ महामारी विरुद्धको लडाइमा नेपालसँग हातेमालो गर्न नेपालका लागि ९६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरिएको दुतावासद्धारा जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रति व्यक्ति ५ एलपीएम (लिटर प्रति मिनेट) क्षमता भएको उक्त अक्सिजन प्लान्टको कूल क्षमता ९६० एलपीएम रहेको छ । यस हिसाबले यस अक्सिजन प्लान्टले एक साथ २०० जना बिरामीलाई सेवा प्रदान गर्ने क्षमता राख्ने जनाईएको छ ।

तस्वीरः मुकुन्द कालिकोटे /रिपोर्टर्स डट कम

 



प्रतिक्रिया दिनुहोस्