Logo

एमाले केन्द्रीय कमिटी बैठक सुरु



काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरस्थित् तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा सुरु बैठकले यसअघि बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताईएको छ ।

माधव नेपालले एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) दल गठन गरेपछि एमालेको यो पहिलो केन्द्रीय कमिटी बैठक पनि हो । अध्यक्ष केपी शर्मा ओलीले एकताको पक्षमा उभिएका नेता तथा कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिईने कहिलेपनि भेदभाव नगरिने विश्वास दिलाएका छन् ।

तस्विर : विष्णु रिजाल/ट्विटर



प्रतिक्रिया दिनुहोस्