Logo

प्रेम सम्बन्धमा रहेका वर्षा र राज म्यूजिक भिडियोमा देखिँदै



काठमाडौं, १० भदौ । नायिका वर्षा सिवाकोटी र कलाकार राज कट्वाल पछिल्लो समय नजिक रहेको चर्चा छ । जुन कुरा वर्षा र राजको सामाजिक सञ्जाल हेर्दा पनि प्रष्ट रुपमा देखिन्छ ।

मिडियामा भने उनीहरुले एक–अर्कालाई मिल्ने साथीको रुपमा मात्र चिनाउने गरेका छन् । तर, चलचित्र वृतमा भने उनीहरु बीच प्रेम सम्बन्ध रहेको चर्चा छ । पछिल्लो समय वर्षा र राज म्यूजिक भिडियोमा देखिन थालेका छन् ।

‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा उनीहरुको अभिनय देख्न सकिने छ । जुन गित शुक्रबार सार्वजनिक हुन लागेको छ । वर्षा र राज दुबैले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी गराएका छन् ।
वर्षा र राजले यसअघि पनि नविन के. भट्टराइको स्वरमा रहेको गितमा अभिनय गरीसकेका छन् ।-Photo Source: Facebook/Barsha Siwakoti



प्रतिक्रिया दिनुहोस्