Logo

ह्वाट्स एपले नयाँ फिचर ल्याउँदै



काठमाडौं, १० भदौ । ह्वाट्स एपले नयाँ फिचर ‘म्यासेज रियाक्सन’ ल्याउने भएको छ । यो फिचर आएपछि ह्वाट्सएपमा आएका म्यासेजमा अब विभिन्न इमोजी प्रयोग गरी रियाक्ट गर्न सकिने छ । कम्पनीले फेसबुक म्यासेन्जरमा जस्तै सिधै म्यासेजमा क्लिक गरेर रियाक्ट गर्न मिल्ने फिचर उपलब्ध गराउने भएको हो ।

यो फिचर यसअघि इन्स्टाग्राम म्यासेन्जरमा उपलब्ध छ । साथै, ट्वीटरमा पनि उपलब्ध भइसकेको छ । कसैले पठाएको म्यासेजमा सिधै रियाक्ट गर्न सकिने हुँदा यो फिचर पछिल्लो समय धेरै रुचाइएको छ । त्यसैले पनि कम्पनीले यो फिचर ह्वाट्सएपमा समेत उपलब्ध गराउने भएको हो ।

ह्वाट्सएपमा आउने यो फिचरको विषयमा पहिलो पटक वाबेटा इन्फोले बाहिर ल्याएको हो । यो फिचर अबको केही समयपछि बेटा टेस्टरहरुका लागि उपलब्ध हुनेछ भने, विस्तारै विश्वव्यापी प्रयोगकर्तालाई उपलब्ध गराइने जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्