Logo

रुसी राजदूतले भने–‘अफगानिस्तानमा तालिवानको विकल्प छैन्’



एजेन्सी, १० भदौ । अफगानिस्तानमा तालिवानको विकल्प नरहेको रुसी राजदूत डिमिट्री झिरनोभले बताएका छन् । उनले बुधबार यस्तो बताएका हुन् । राजदूतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा तालिवानको विकल्प छैन् । यो वास्तविक कुरा हो । यसलाई विश्वले स्वीकार्नु पर्छ । तालिवानले नयाँ सरकार तुरुन्तै गठन गर्नेछ ।’

रुसले तालिवानी सरकारलाई अफगानिस्तानको आर्थिक अवस्था उकास्न मद्दत समेत गर्ने उनको भनाई छ । राजदूतको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘तालिवान रुससँग आर्थिक साझेदारी गर्न इच्छुक छ । तालिवान अन्य छिमेकी मुलुकसँग यातायात र उर्जामा समेत समन्वय गरेर अगाडी बढ्ने छ । तालिवान आफ्नो सीमा क्षेत्रमा शान्ति कायम गर्ने प्रयास गरिरहेको छ । तालिवान अमेरिकासँग कुनै समझदारी गर्ने पक्षमा छैन् ।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्