Logo

अफगानी पूर्वमन्त्री जर्मनीमा खानेकुरा बोकेर गुजारा चलाउँदै



एजेन्सी, १० भदौ । अफगानिस्तानमा तालिवानले नियन्त्रण कायम गरेपछि भागाभागको अवस्था बनेको छ । अफगानिस्तानमा उच्च पदमा पुगेका र शक्तिमा रहेकाहरु नै देश छाड्न थालेका छन् ।

अफगानिस्तान छाड्नेमा राष्ट्रपति असरफ गनी, केन्द्रीय बैकका प्रमुखलगायत पनि छन् । पढेलेखेका र क्षमतावानहरुले धमाधम अफगानिस्तान छाडिरहेका छन् ।

यसरी अफगानिस्तान छाड्नेमा विगतमा मन्त्री भएकाहरु पनि छन् । अफगानिस्तानका पूर्व सञ्चारमन्त्री सयद अहमद साह सादात अहिले जर्मनीमा खाना सर्भ गरेर गुजारा चलाउन थालेका छन् ।

तालिवान शक्तिमा आउँदै गर्दा उनले देश छाडेका थिए । उनले पिज्जा सर्भ गरिरहेको तस्बिर भाइरल भएको छ ।

साइकल चढेर ढोका ढोकामा उनी पिज्जा सर्भ गर्छन् । यो तस्बिर अहिले भाइरल भएको छ ।



प्रतिक्रिया दिनुहोस्