Logo

ओली अहंकारको घोडामा सवार भएपछि विद्रोह गर्नेबाहेक विकल्प भएनः माधव नेपाल



काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहंकारको घोडामा सवार भएपछि विद्रोहका लागि वाध्य भएको बताएका छन् । निर्वाचन आयोगमा एमाले विभाजन गरी नयाँ पार्टी दर्ता गरेपछि पहिलोपटक आज सम्बोधन गर्दै उनले विद्रोह गर्नेबाहेक विकल्प नभएकाले कठोर निर्णय लिएको बताए ।

ओली अहंकारको घोडामा सवार भएपछि विद्रोहको विकल्प भएन, माधव नेपालले भने, अवसरवादीहरुले विद्रोहको आँट गरेनन् ।

ओलीको चर्को आलोचना गरेर नेपालले दक्षिणपन्थी भासमा फसेको आरोप समेत लगाए । ओलीलाई प्रतिगमनकारीको संज्ञा दिदै प्रतिनिधि सभा दुईपटक विघटन गर्ने किर्तिमान बनाएको बताए । उनले तत्काल ओली समूहलाई छाडेर आउन आव्हान समेत गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot