Logo

माधव नेपालको दायाँ बायाँ वेदुराम र मुकुन्द



काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएपछि पहिलोपटक सार्वजनिक रुपमा बोल्दा त्यसका अध्यक्ष माधवकुमार नेपाल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध कडा रुपमा प्रस्तुत भए । उनले आफ्नो दायाँ बायाँ वेदुराम भुसाल र मुकुन्द न्यौपानेलाई राखेका थिए ।

अघिल्लो हारमा राजेन्द्र प्रसाद पाण्डे देखिन्थे । पछिल्लो हारमा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, प्रेम आले, किसान श्रेष्ठलगायत देखिएका थिए ।

विभाजन हुँदा माधव नेपाललाई साथ दिनेमा एमालेको स्थायी कमिटीमा रहिसकेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वेदुराम भुसाल र मुकुन्द न्यौपाने मात्र छन् ।



प्रतिक्रिया दिनुहोस्