Logo

वाईसीएलको राष्ट्रिय भेला भदौ १२ र १३ गते



काठमाडौं, १० भदौ । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले भदौ १२ र १३ गते राष्ट्रिय भेला गर्ने भएको छ । आज पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर वाईसीएलले कोभिड–१९ को तेस्रो भेरियन्टको जोखिमलाई केन्द्रित गर्दै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट गर्ने जानकारी दिएको हो ।  पत्रकार सम्मेनलनमा वाईसीएललाई ‘हाइटेक’ बनाउन लागिएको जानकारी दिइएको हो ।

राष्ट्रिय भेलाको माओवादी केन्द्र अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाईसीएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को तेस्रो भेरियन्टको जोखिम र प्रविधिमैत्री युवा संगठनको अवधारणामा केन्द्रित रहँदै राष्ट्रिय भेला भर्चुअल माध्यमबाट सम्पन्न गरिनेछ ।’

भेलामा ७ वटै प्रदेशका प्रतिनिधि/पर्यवेक्षकहरु आफ्नो प्रदेशको मुकाममा भेला हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । भेलामा संगठनको राजनितिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, नयाँ नेतृत्व र कार्यसमितिको निर्वाचन लगायतका एजेन्डामा गहन छलफल हने जनाइएको छ ।

यस्तो छ वाईसीएलले जारी गरेको प्रेस विज्ञप्ती

तस्वीरः मुकुन्द कालिकोटे / रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्