Logo

पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाएः माधव नेपाल



काठमाडौं, १० भदौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले भोज गरेर खुशियाली गरेको टिप्पणी गरेका छन् । पार्टी दर्ता भएपछि पहिलोपटक सम्बोधन गर्दै उनले ओलीमाथि दुईपटक पार्टी फुटाउन भूमिका खेलेको आरोप समेत लगाए ।

‘केपी ओलीले पार्टी फुट्दा भोज गरेर खुशीयाली मनाए,’ माधव नेपालले भने । उनले ओलीले पार्टीलाई तहसनहस पारेको आरोप समेत लगाए ।

दुईपटक प्रतिनिधि सभा विघटन र पार्टी फुटाउने किर्तिमान कायम गरेको आरोप समेत ओलीमाथि लगाए । उनले ओलीलाई अहंकारको घोडामा सवार भने ।

नेपालले ओलीलाई प्रतिगमनकारी भने । ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेको टिप्पणी समेत गरे । ओली दक्षिणपन्थी अवसरवादको भाँसमा फसेको उनको आरोप थियो ।-Photo By: Mukunda kalikote/reportersnepal



प्रतिक्रिया दिनुहोस्