Logo

शेयर बजार १७ अंकले बढ्दा १३ अर्बमा कारोबार सिमित



काठमाडौं, १० भदौ । साताको अन्तिम दिन आज शेयर बजारमा उच्च अंकको बृद्धि भएको छ । नेप्से आज १७ दशमलव ५७ अंकले बढेर ३ हजार ९४ दशमलव १ विन्दु कायम भएको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ४० अंकले बढेर ५ सय ७१ दशमलव ३९ विन्दुमा पुगेको हो ।

नेप्सेको अनुसार आज २३२ कम्पनीको १ लाख ३० हजार ९ सय ३८ पटक कारोबार भएर १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार ७ सय ९२ रुपैयाँ बराबरको २ करोड १६ लाख ९० हजार ५ सय ८५ कित्ता शेयर खरिद बिक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्