Logo

नारायणी डेभलपमेन्टसहित यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट



काठमाडौं, १० भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

त्यस्तै, आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ९३ करोड ८४ लाख बढीको कारोबार भएको छ । यसैगरी, अरुण काबेलीको ४५ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्