Logo

ग्लोबल आइएमई बैंकको ‘उत्सव कर्जा योजना’



काठमाडौं, १० भदौ । ग्लोबल आइएमई बैंकले उत्सव कर्जा योजना संचालनमा ल्याएको छ । चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना अन्तर्गत ७ दशमलव २९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा विद्युतिय सवारी कर्जा (अटो लोन) लगायतका बिभिन्न सवारीसाधन योजनाहरु बैंकहरुले सार्वजनिक गरेको हो ।

यस योजना निश्चित अवधिको लागि सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ । यस सेवा बैंकका हाल बैंकले ७ दशमलव ९९ प्रतिशत (प्रिमियम सहित) को ब्याजदरमै घर कर्जा योजना समेत संचालन गरिरहेको बैकले जनाएको छ ।

बंैंकको अनुसार यस योजना अन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८ दशमलव १९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा अन्य सवारी साधन कर्जाका साथै ८ दशमलव ४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन् ।

यस योजना निजी प्रयोजनको लागि बिभिन्न नयाँ सवारी साधन खरीदको लागि उपलब्ध हुनेछ । साथै कर्जा आवेदन प्रकृया पूरा भएको २ कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले बताएको छ । बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी बैंकले यो योजना ल्याएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्