Logo

दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने सरकारको तयारी



काठमाडौं, १० भदौ । सरकारले राजनीतिक दल विभाजनसम्बन्धी ल्याएको अध्यादेशलाई अब निश्क्रिय बनाउने तयारी गरेको छ । यसअघि संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा २० प्रतिशत पुगे दल विभाजन गर्न सकिनेगरि सरकारले अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेशअनुसार माधव नेपालले आफ्नो नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन गरेका छन् । उता, महन्थ ठाकुरले पनि आफ्नो नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी दर्ता गराएका छन् । दुवै दललाई निर्वाचन आयोगले हिजोमात्रै दल दर्ताको प्रमाणपत्र दिएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको दल दर्ता प्रमाणपत्र १६६ हो भने लोकतान्त्रिक समाजवादी पार्टीको १६७ हो । दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउनेगरि गृहमन्त्री बालकृष्ण खाँण, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र महान्यायाधिवक्ता खम्मबहादुर खाती छलफलमा जुटेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot