Logo

सभामुख र निर्वाचन आयोगविरुद्ध एमाले अदालत जाने



काठमाडौं, १० भदौ । नेकपा एमाले निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अदालत जाने भएको छ । आज बसेको केन्द्रीय कमिटी बैठकले माधवकुमार नेपालसहित १४ सांसदमाथि कारबाहीको पत्र लेख्दा पनि अगाडि नबढाएको भन्दै सभामुख सापकोटाविरुद्ध अदालत जाने निर्णय गरेको हो ।

सापकोटाले कारबाही अगाडि नबढाएको र निर्वाचन आयोगले कारबाहीमा परेकाहरुको सनाखत लिएकोले कानूनी उपचारमा जाने निर्णय गरेको बताइएको छ । १४ सांसदलाई पदमुक्त गरेको निर्णय एमालेले गरेको थियो । त्यसको पत्र संसद सचिवालयमा दर्ता गरेपनि सभामुखले अगाडि बढाएका थिएनन् ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुख सापकोटाविरुद्ध आक्रोश पोखेका थिए । निर्वाचन आयोगप्रति पनि असन्तुष्टि पोखेका थिए ।

एमालेले पार्टी विभाजनमा संलग्न केन्द्रीय सदस्य र सांसदहरुलाई निष्काशनको निर्णय समेत गरेको छ । उनीहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउने निर्णय गरेको छ । केन्द्रीय कमिटी अद्यावधि गर्न पत्र लेख्ने निर्णय समेत गरेको छ । file photo



प्रतिक्रिया दिनुहोस्