Logo

शनिबारसम्म देशभर भारी वर्षा हुनसक्ने, बाढीपहिरोको जोखिम



काठमाडौं, १० भदौ । अबको तीन दिन देशभर भारी वर्षाको सम्भावना रहेको छ । देशभर शनिबार भारी वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल मनसुनको न्यून चाँपिय रेखा नेपालको तराई भू-भाग नजिक रहेकोले अबको ३ दिन भारी वर्षा हुने सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

विभागले भारी वर्षाको सम्भावना औल्याएपछि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेको छ । खहरे खोलामा पानीको सतह बढ्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्