Logo

माधव नेपालसँग खनिए भीम रावल



काठमाडौं, १० भदौ । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले माधव कुमार नेपालले एमाले काम नलाग्ने पार्टी हो भनेर दिएको अभिव्यक्तिप्रति आश्चर्यजनक भएको टिप्पणी गरेका छन् । आजमात्रै नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले आज आयोजित पत्रकार सम्मेलनमार्फत एमाले काम नलाग्ने पार्टी हो भनेका थिए ।

रावलले सामाजिक सञ्जालमार्फत लेखेका छन्,”दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।”



प्रतिक्रिया दिनुहोस्