Logo

आजै पार्टी फुटाउनुपर्छ, भोलि नै पार्टी फुटाउनुपर्छ भन्ने त भीम रावल हो नि : शत्रुधन महतो (भिडिओसहित)



काठमाडौं, १० भदौ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य शत्रुधन महतोले आफूहरुले कम्युनिष्ट आन्दोलनको रक्षाको लागि विद्रोह गरेको स्पष्ट पारेका छन् । उनले केपी शर्मा ओलीमा दम्भ, घमण्ड मात्रै रहेको टिप्पणी गरेका छन् । आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केपी ओलीकै कारण नेकपा विभाजन भएको र आज आएर एमाले पनि विभाजन भएको टिप्पणी गरे । उनले एमाले विभाजन गर्नुपर्छ भनेर चार महिना अघि नै भीम रावलले नै विधान लेखेको पनि खुलासा गरे । उनले भने,”भीम रावलले चार महिना अघि नै अहिले पार्टी फुटाउनुपर्छ, भोलि फुटाउनुपर्छ भनेको हो । उहाँले कविता सुनाउनुभएको होईन ? नेकपा (एकीकृत) कसले दर्ता गराएको हो ? खोज्नुहोस, म आग्रह गर्न चाहन्छु । अहिले नेताहरु युटर्न हुनुभयो, राम्रो होस, हाम्रो शुभकामना छ । हिजो तपाईले जसरी प्रतिगमन भन्नुभयो, भाषण गर्नुभयो । अहिले प्रतिगमन सच्चिएको हो र ?”



प्रतिक्रिया दिनुहोस्