Logo

ह्यारी केन चम्किँदा टोटेनहमको सहज जित



काठमाडौं, ११ भदौ । प्रिमियर लिग क्लब टोटेनहमले युरोपा कन्फरेस लिगको समूह चरणमा स्थान बनाएको छ ।इसिएलको प्ले अफ छनोटको दोस्रो लेगमा बिहीबार राति पाकोस डि फेरेइरालाई ३–० ले पराजित गर्दै समग्रमा ३–१ को जितसहित टोटेनहमले समूह चरणमा स्थान बनाएको हो ।

पहिलो लेगमा १–० ले पराजित भएको टोटेनहमले दोस्रो लेगमा भने उत्कृष्ट खेल्दै जित निकाल्न सफल भएको हो । टोटेनहमको जितमा ह्यारी केनले दुई गोल गरे । खेलको नवौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । खेलको ७० औं मिनेटमा जियोभानीले आत्मघाति गोल गरेपछि टोटेनहमले सहजै जित प्राप्त गरेको थियो ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्