Logo

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कुन समुहमा कुन टिम ?



एजेन्सी, ११ भदौ । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह विभाजन सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो ।

म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह ‘ए’ मा रहेका छन् । रियल मड्रिड र इन्टर मिलान समूह ‘डी’ मा पर्दा लिभरपुल र एटलेटिको मड्रिड समूह ’बी’ मा परेका छन् ।
बार्सिलोना र बायर्न म्युनिख समूह समूह ‘इ’ मा परेका छन् । यस्तै चेल्सी समूह ‘एच’ मा परेको छ । यस समूहमा इटालियन क्लब युभेन्ट्ससहित जेनिट र माल्मो रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्