Logo

फेरी बढ्यो सुनको मुल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ११ भदौ । नेपाली बजारमा आज सुनको मुल्य ५ सयले बढेको छ । बिहीबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार १ सयमा कारोबार भैरहेको छ । हिजो तेजाबी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो

यसैगरी,आज चाँदीको मुल्य भने आज १० रुपैयाँले घटेर प्रतितोला १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्