Logo

सिप्रदी ट्रेडिङ्गका ग्राहकले हायर पर्चेज कर्जा पाउने



काठमाडौं, ११ भदौ । सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा गाडीको खरिदमा नेपाल एसबिआई बैंकले हायर पर्चेज कर्जा दिने भएको छ । बैंक र सिप्रदीबीच हायर पर्चेज कर्जा दिने बिहिबार सम्झौता भएको हो ।

सम्झौतामा बैंकका रिटेल तथा एसएमई प्रमूख बद्री लाल अमात्य तथा सिप्रदीका बिक्री तथा प्रवर्धन महाप्रबन्धक अनुप मनि ढकाले हस्ताक्षर गरेका हु्न् ।

बैंकले ८८ शाखा, १९ एक्स्टेनसन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२२ एटिएमबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्