Logo

पौडेल पक्ष देउवाविरुद्ध आक्रामक बन्दै, एकढिक्का रहन चाक्सीबारीमा छलफल



काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसको क्रियाशील विवाद समाधानका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधले आज छलफल गरेको छ । पूर्वमहामन्त्री प्रकाशमानसिंहको निवासमा भएको छलफलमा क्रियाशील विवादबारे सभापति शेरबहादुर देउवासँग निर्णायक छलफल गर्ने टुंगो लगाएको छ ।

बैठकबारे जानकारी दिदै काँग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले क्रियाशील सदस्यताबारे विवाद समाधानमा जोड दिए । उनले सभापति देउवासँग वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका प्रमुख नेताहरुले आजै छलफल गर्न लागेको जानकारी दिए ।

देउवासँग छलफल गर्नुअघि पौडेल पक्षले बैठक बसी रणनीति तयार गरेको हो । क्रियाशील विवाद समाधानको बटमलाइनबारे नेताहरुले छलफल गरेका थिए ।

यसैगरी, वरिष्ठ नेता पौडेल पक्षले १४औं महाधिवेशनमा एकजुट भएर बढ्नेबारे समेत छलफल गरेको छ । देउवालाई चुनौती दिन सबै एक हुनुपर्नेमा सहमति बनेको बुझिएको छ ।

आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, डा. मीनेन्द्र रिजाल, बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडुलगायत सहभागी थिए ।



प्रतिक्रिया दिनुहोस्