Logo

गरिमा विकास बैंकले तीजको अवसरमा टिकटक प्रतियोगिता गर्ने



काठमाडौं, ११ भदौ । गरिमा विकास बैंकले तीजको अवसरमा ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गने भएको छ । यस टिकटक प्रतियोगितामा नेपालभित्र रहने सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्न बैकले जनाएको छ ।

बैंकको अनुसार प्रतियोगितामा प्रतियोगीहरुले तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्नेछ ।

यस प्रतियोगिताको विजेताले ९ हजार, उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार रुपैयाँ जित्नेछन् । यसका साथै एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार रुपैयाँ जित्नेछ ।

विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुने र बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुने बैंकले जनाएको छ ।

ईच्छुक महिला टिकटकरहरुले भदौ १० गतेदेखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

 



प्रतिक्रिया दिनुहोस्