Logo

तस्बिरमा हेर्नुहोस काबुल विमानस्थलमा भएको विष्फोट



एजेन्सी, ११ भदौ । अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको आतंकवादी हमलामा परेर मृत्यु हुनेको सङ्ख्या ९० पुगेको छ भने घाइतेको संख्या १५० भन्दा बढी पुगेको छ । बिहीबार अफगानी स्वास्थ्य मन्त्रालयले जनाकारी गराएको हो ।

काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा बिहीबार दुईवटा आत्मघाती बम विस्फोट भएको थियो । विस्फोटमा अमेरिकी सैनकसहित अहिलसम्म ९० जनाको मृत्यु भएको बताइएको छ ।

उक्त घटनामा घाइतेहरूको सङ्ख्या १५० भन्दा बढी पुगेको बताइएको छ । मृत्यु हुने अफगानीमध्ये कम्तीमा २८ जना तालिबानका सदस्य रहेको जनाइएको छ । तालिवानले यस घटनाको निन्दा गर्दै उक्त घटनामा संलग्न रहेको दोषीलाई कारवाही गर्ने चेतावनी दिएको छ ।

Photo Source : Aljazeera



प्रतिक्रिया दिनुहोस्