Logo

ओडिआई सिरिज खेल्न अमेरिकाले गर्यो १४ सदस्य टोलीको घोषणा



एजेन्सी, ११ भदौ । अमेरिकाले आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल र ओमानविरुद्ध त्रिकोणात्मक ओडिआई सिरिज खेल्ने १४ सदस्य टोली घोषणा गरेको छ । अमेरिकाले टोलीमा ६ परिवर्तन गरेको छ ।

अमेरिकाले त्रिकोणात्मक ओडिआई सिरिजअघि पपुवा न्युगिनीसँग दुई ओडिआई खेल खेल्ने भएको छ । अमेरिकाले अन्तिम पटक २०२०मा नेपालमा त्रिकोणात्मक ओडिआई सिरिज खेलेको थियो । नेपाल र ओमानसँग पराजित हुँदै स्वेदश फर्किएको थियो । साथै नेपालसँग दोस्रो ओडिआई खेलमा अमेरिका ३५ रनमा अल आउट भएको थियो ।अमेरिका विश्वकप लिग–२ मा १२ खेलमा ६ जित र ६ हार सहित दोस्रो स्थानमा रहेको छ ।

अमेरिकी टोलीको नाम : सौरभ नेत्रावलकर (कप्तान), आरोन जोन्स (उपकप्तान), अभिषेक पराडकार, डोमिनिक रिखी, एल्मोर हचिन्सन, गजानन्द सिंह, जस्दीप सिंह, जसकरण मल्होत्रा, करिमा गोरे, मोनाक पटेल, निसरग पटेल, नोशतुश केंजीगे, स्टिभ टेलर, सुशान्त मोदानी र काइल पिलिप (वैकल्पिक) ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्