Logo

आफताब आलमको मुद्दाको सुनुवाइ आज हुँदै



काठमाडौं, ११ भदौ । रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएको आरोप लागेका नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाईका लागि आज सर्वोच्च अदालतले पेसी तोकेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको हो ।

इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot