Logo

३२० जनाको सघन कक्षमा उपचार हुँदै, ५९ प्रतिशत पुरुष संक्रमित



काठमाडौं, ११ भदौ । विश्वभर कोरोना भाइरसले आक्रान्त बनाएको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा हालसम्म १० हजार बढीले ज्यान गुमाइसकेका छन् । यो दर १ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार हाल ६ सय २० जनाको सघन कक्षमा उपचार भैरहेको छ ।

त्यस्तै, १ सय ६५ जना संक्रमितको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ । मन्त्रालयको अनुसार ३५ हजार ३ सय ४५ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा बसेका छन् । यसैगरी, ३ सय ६६ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा हालसम्म ४० दशमलव ३१ प्रतिशत महिला र ५९ दशमलव ६९ प्रतिशत पुरुष कोरोना संक्रमित रहेका छन् । हाल कुल संक्रमितको संख्या ७ लाख ५४ हजार ९ सय १५ जना पुगेको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

कुल संक्रमित मध्ये हालसम्म ७ लाख ५ हजार ८ सय ९३ जना निको भएका छन् । यो निको हुने दर ९३ दशमलव ५ प्रतिशत हो । त्यस्तै, ३८ हजार ३ सय ८४ जना संक्रमितको उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

बिहीबार एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनको संख्या ७० हजार २६ रहेको छ । २६ जनाको निधन भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्