Logo

गोलभेडाको मूल्य २ रुपैयाँमा झरेपछि किसानले सडकमै फाले



एजेन्सी, ११ भदौ । भारतमा गोलभेडाको मूल्य झरेर प्रतिकेजी २ रुपैयाँमा पुगेको छ । गोलभेडाको मूल्यमा अत्याधिक गिरावट आएपछि किसानहरु समस्यामा परेका छन् ।

महाराष्ट्र राज्यको नासिक र औरंगावादका किसानहरुले गोलभेडा सडकमै फालेका छन् । उनीहरुले ट्रकमा गोलभेडा भरेर सडकमा फालेका हुन् ।

होलसेल बजारमा गोलभेडाको मूल्य भारु २ मा झरेको छ । मूल्यमा गिरावट आएपछि किसानहरुको टिपेको खर्च समेत नउठ्ने भएको छ ।

भारतमा यो मौसममा गोलभेडा अत्याधिक उत्पादन हुन्छ । यसवर्ष अत्याधिक उत्पादन भई बजार नपाउँदा मूल्यमा गिरावट आएको छ ।

Photo Source: ANI



प्रतिक्रिया दिनुहोस्