Logo

सार्क राष्ट्रमा कोभिड–१९ संक्रमणको यस्तो छ पछिल्लो अवस्था



एजेन्सी, ११ भदौ । कोरोना भाइरसबाट सार्क सदस्य राष्ट्रहरुमा पनि धेरै ठुलो प्रभाव परेको छ । सबैभन्दा धेरै अफगानिस्थानमा २४ दशमलव ६ प्रतिशत संक्रिय संक्रमितको संख्या रहेको छ । त्यस्तै, ७० दशमलव ८ प्रतिशत संक्रमित निको भएका छन् । ४ दशमलव ६ प्रतिशत संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पाकिस्तानमा ८९ दशमलव ८ प्रतिशत संक्रमित संक्रमणमुक्त भएका छन् । यसैगरी, ८ प्रतिशत संक्रिय सक्रमितको संख्या रहेको छ । त्यस्तै, २ दशमलव २ प्रतिशतको हालसम्म निधन भएको छ ।

श्रीलंकामा १० दशमलव ४ प्रतिशत कोरोना संक्रमितहरु उपचाररत रहेका छन् भने १ दशमलव ९ प्रतिशत को हालसम्म निधन भएको छ ।
सार्क राष्ट्र मध्ये अफगानस्थान, पाकिस्तान पछिको चौथो कोरोना पीडित देश नेपाल हो । नेपालमा ५ दशमलव २ प्रतिशत उपचाररत रहेका छन् भने १ दशमलव ४ प्रतिशतको मृत्यु भएको छ । ९३ दशमलव ४ प्रतिशत संक्रमित निको भएका छन् ।

मन्त्रालयको अनुसार बंगलादेशमा ५ प्रतिशत उपचाररत रहेका छन् भने १ दशमलव ७ प्रतिशत संक्रमितको निधन भएको छ । त्यस्तै, ९३ दशमलव ३ प्रतिशत सक्रमणमुक्त भएका छन् ।

भुटानमा १ दशमलव १ प्रतिशत कोरोना संक्रमितको उपचाररत, ० दशमलव १ मृत्यु, ९८ दशमलव ८ प्रतिशत संक्रमण निको भएका छन् । भारतमा १ दशमलव ० प्रतिशत उपचाररत, १ दशमलव ३ प्रतिशत निधन र ९७ दशमलव ६ प्रतिशत कोरोना संक्रमित निको भएका छन् । यसैगरी, माल्दिभ्समा २ दशमलव १ प्रतिशत उपचाररत, ० दशमलव ३ प्रतिशत मृत्यु र ९७ दशमलव ६ प्रतिशत निको भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्