Logo

संजय दत्तको बैसाखी बन्दै छोरा, बुबा र छोरा चाडै ठिक हुने आशामा मान्यता



एजेन्सी, ११ भदौ । बलिउड अभिनेता संजय दत्तकी श्रीमती मान्यता दत्त सामाजिक सञ्जालमा निकै सक्रिय छिन्। उनी प्राय आफ्नो परिवारको फोटो र भिडियोहरु फ्यानहरु संग सेयर गर्छिन्। हालै, मान्यताले संजय दत्त र उनको छोरा शाहरानको एक इन्स्टाग्रामको स्टोरीमा एक भिडियो पोस्ट गरेकी छिन् ।

यो भिडियो हेरेपछि संजय दत्तका फ्यानहरुलाई चिन्ता बढेको छ। भिडियोमा संजय दत्त आफ्नो छोरा शाहरानको साथमा एउटा मल्लमा लाठीको सहयोगमा हिँड्दै गरेको देखिएको छ। संजय दत्त मात्र होइन उनका छोरा पनि लाठीको सहयोगमा हिँडेका देखिन्छन्।

यो भिडियो सेयर गर्दै मान्याताले लेखेकी छिन्– ‘बुबा र छोरा छिट्टै निको हुने बाटोमा हुनुहुन्छ।’ भिडियोमा संजय दत्त र सरहान दुबै एक अर्काको साथमा हिडेको देख्न सकिन्छ।

रिपोर्टका अनुसार, संजय दत्तलाई केही दिन अगाडी ब्याडमिन्टन खेल्दा एड़ीमा चोट लागेका थियो । सोही समयमा उनको छोरा शाहरानको पनि एउटा खुट्टा फ्रैक्चर भएको थियो। शाहरानले गएको हप्तामात्र प्लास्टर बाट छुटकारा पाएका छन् ।

सन् २०२० सेप्टेम्बर–अक्टोबरमा सञ्जय दत्तलाई चौथो चरणको फोक्सोको क्यान्सर भएको पत्ता लागेको थियो। उनले केमोथेरापीको धेरै राउन्ड पार गरेपछि उनी क्यान्सर मुक्त भएका हुन् ।

 

 



प्रतिक्रिया दिनुहोस्