Logo

यातायातमा टोकन लिनेहरु तीन घन्टा बढी कुर्न वाध्य, सेवाग्राहीलाई सास्ती



काठमाडौं, ११ भदौ । यातायात व्यवस्था कार्यालय सानोभर्याङमा सेवाग्राहीले सास्ती भोगीरहेका छन् । यातायात विभागले नयाँ र पुरानो बाइक पास गर्दा ब्लुबुक लिनलाई टोकन प्रणाली र जोड बिजोड लागु गरेपनि कार्यान्ययन हुन नसक्दा सेवाग्राही सास्ती भोग्न बाध्य भएका हुन् ।

सानो भर्याङस्थित यातायात व्यवस्था कार्यालयमा नियमको परिपालन नगरि अब्यबस्थित गरिएकोमा सेवाग्राहीहरुले दुख भोग्नु परेको गुनासो गरेका छन् ।

कार्यालय खुल्ने समयभन्दा तीन घण्टाअगावै सेवाग्राही टोकन लिएर बस्ने गर्छन् ।टोकन लिएर घन्टौं बस्दा बल्लतल्ल पालो आउने र नआएमा अर्को दिन फेरि नयाँ टोकन लिनुपर्ने वाध्यकारी अवस्था छ । सर्वसाधारणले प्रक्रियागत रूपमा काम गर्न सक्ने अवस्था यातायात व्यवस्था कार्यालयमा छैन ।

कार्यालय निकै अस्तव्यस्त देखिन्छ । वरिपरि भीडभाड छ । कोलाहल छ । धुलोधुवाँ र अव्यवस्थित पार्किङले मान्छे धेरै समय बस्नसक्ने अवस्था छैन । लाइनको व्यवस्थापन छैन, महिला पुरुषको लाइन एउटै छ ।



प्रतिक्रिया दिनुहोस्