Logo

बुद्धचित्तको दाना सहित १ जना पक्राउ



ललितपुर, ११ भदौ । बुद्धचित्तको दाना सहित १ जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका २ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका ९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको जनाएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्