Logo

मेसेन्जरको जन्मोत्सवको अवसरमा नयाँ फिचर



काठमाडौं, ११ भदौ । मेसेन्जरले आफ्नो दशौँ जन्मोत्सवको अवसरमा नयाँ फिचरहरु ल्याएको छ । फेसबुकले मेसेन्जरको जन्मदिन मनाईरहेको हुँदा सम्बन्धित फिचरहरु ल्याएको बताएको छ । नयाँ फिचरहरुमध्ये एउटा हो पोल गेम ।

त्यस्तै फेसबुकमा अब सजिलो तरिकाले साथीहरुसँग कन्ट्याक्ट सेयर गर्न सकिन्छ । यसैगरी एपमा नयाँ वर्ड ईफेक्ट पनि रहेको छ । वर्ड ईफेक्टले शब्दहरुलाई ईमोजिसँग जोडी बनाउन दिन्छ । यसले सम्पूर्ण स्क्रिननै छोपीदिने गर्दछ ।

यो फिचरलाई मेमोरिज, गीत प्रयोग गर्न सकिने एपले बताएको छ ।यसमा फेसबुक पे प्रयोग गरेर जन्मदिनको गिफ्ट दिने फिचर रहेको छ । त्यस्तै बर्थडे अगमेन्टेड रियालीटी एफेक्ट र ३६० ब्याकग्राउण्डको फिचर पनि आएको छ । त्यस्तै एपमा साउण्डमोजि बर्थडे गीत पनि आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्