Logo

केही जिल्लाका वडामा अधिवेशन गरिहाल्ने देउवाको रणनीति, पौडेल पक्ष सशंकित



काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद अझ टुंगो नलाग्दा संस्थापन पक्ष र विपक्षबीच टकराव बढेको छ । तीन बुँदे माग राखेर रिले अनसनमा बसिरहेका आफू पक्षीय जिल्ला सभापतिहरुको माग सम्बोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेलले जोड दिइरहेको छ । त्यसका लागि पौडेल पक्षका नेताहरुले सभापति शेरबहादुर देउवासँग छलफल गर्दै आएका छन् ।

क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने, सच्याउने समय दिनुपर्ने, जिल्ला सभापतिको उम्मेदवार बन्न तोकिएको फरक मापदण्डलाई एकरुपता दिनुपर्नेलगायतका माग राखेर बहुमत जिल्ला सभापतिहरु रिले अनसनमा छन् । तर, संस्थापन पक्षले ३८ जिल्लाको मात्र क्रियाशील सदस्यताको नामावली सार्वजनिक गरेर देशभर एकैपटक वडा अधिवेशन नगर्ने रणनीति बनाएकोमा पौडेल पक्ष सशंकित भएको छ ।

अहिलेको विवादले १८ भदौमा वडा अधिवेशन हुनेमा आशंका बढेको छ । संस्थापन पक्ष केही जिल्लाका वडाको अधिवेशन भएपनि गर्ने रणनीतिमा छ । तर, पौडेल पक्ष देशभर एकैपटक वडा अधिवेशनको पक्षमा छ । यसले काँग्रेसभित्र नयाँ संकट बढाएको छ ।

केही जिल्लाका वडामा १८ भदौमा वडा अधिवेशन गरेर महाधिवेशनलाई धकेल्न खोजेको पौडेल पक्षको आरोप छ । उनीहरुले क्रियाशील सदस्यता वितरणमाथि समेत प्रश्न उठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot