Logo

विमलेन्द्र निधिले शक्तिपीठका पूजारीको आर्शिवाद लिएर दिए यस्तो सन्देश



काठमाडौं, ११ भदौ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले बानेश्वरको थापागाउँस्थित सम्पर्क कार्यालय पनि सुरु गरेका छन् । सम्पर्क कार्यालयमा उनले शक्तिपीठका पूजारीहरुलाई निम्तो गरेर आशिर्वाद लिए ।

पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वरलगायत मन्दिरका पूजारी र पण्डितहरु आशिर्वाद दिन पुगे । यसरी निधिले महत्वपूर्ण सन्देश दिएका छन् ।

विगतमा धर्मनीरपेक्षको वकालत गरेर आलोचित भएका निधिले यसपटक हिन्दुगुरुहरुबाट आशिर्वाद लिएर धर्मप्रति आस्थाको सन्देश दिएका हुन् । उनको चुनावी क्षेत्र जनकपुरमा पर्ने र त्यहाँ हिन्दु धर्मको मुद्दाले निकै ठूलो महत्व राख्ने गरेको छ । अर्कोतर्फ, नेपाली काँग्रेसभित्र हिन्दु धर्मको मुद्दा जोडतोडले उठिरहेको छ । त्यो भावनाका काँग्रेस कार्यकर्तालाई आकर्षण गर्न पनि निधि सरेको देखिन्छ ।

केही हप्ता अघि निधिले भारत भ्रमण गरेका थिए । उनले त्यहाँ महत्वपूर्ण भेटघाट गरे । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग पनि निधिको भेटवार्ता काठमाडौंमा भयो । हिन्दुत्वको मुद्दा लिएका भाजपा नेताहरुसँग निधिको पछिल्लो भेटले उनको राजनीतिमा समेत प्रभाव पारेको देखिदैछ ।



प्रतिक्रिया दिनुहोस्