Logo

आकाशमा उडिरेहको विमानका चालकलाई एक्कासी ह्दयघात भएपछि…



एजेन्सी, ११ भदौ । विमान आकाशमा उडिरेहको बेला चालकलाई एक्कासी ह्दयघात भएपछि आकस्मिक अवतरण गर्नुपरेको छ । विमान रुसको राजधानी मस्कोबाट बंगलादेशको राजधानी ढाका गइरहेको थियो ।

भारतको नागपुरमा पुगेपछि पाइलटलाई ह्दयघात भएपछि कोपाइलटले तत्कालै कोलकातामा सम्पर्क गरेर जानकारी दिए । उनलाई अवतरण गर्ने अनुमति दिइयो । विमानमा १ सय २६ यात्रु सबै सकुशल रहेको एजेन्सीले जनाएको छ । अवतरण पछि पाइलटलाई उपचारको लागि अस्पताल लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्