Logo

दमन रुपाखेतीको पिताको ८३ वर्षको उमेरमा निधन



काठमाडौं, ११ भदौ । हास्य कलाकार एवं टेलिसिरियल निर्देशक दमन रुपाखेतीका बुबा श्रीहरी रुपाखेतीको ८३ वर्षको उमेरमा आज मृत्यु भएको छ ।  रुपाखेतीको शुक्रबार बिहान १० बजे थानकोटस्थित आफ्नै घरमा निधन भएको पारिवारीक श्रोतले जनाएको छ।

मृतक रुपाखेतीको शुक्रबार (आज) नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । रुपाखेती त्रिभुवन विश्वविद्यालयको नेपाली विषयका प्राध्यापक थिए । उनी आफैले पुस्तक समेत लेखेर प्रकाशन गरेका छन् ।

उनका चार जना छोराछोरी रहेका छन् ति मध्ये एक सन्तान दमन हुन् । टेलिसिरियल, चलचित्रमा काम गरेका दमनले हाल हास्य टेलिसिरियल मेरी बास्सै को निर्देशन गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्