Logo

देशभर कोरोना संक्रमितको संख्या घट्दै, २३ सय निको



काठमाडौं, ११ भदौ । आज नेपालमा कोरोना भाइरसका २ हजार ६५ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ७ लाख ५६ हजार ४ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७ लाख ८ हजार २ सय ३० जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा १३ हजार १ सय १७ जनामा गरिएको परीक्षणमा १५ सय ७७ जना पिसीआर र ४ सय ८८ जनाको एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्