Logo

मैत्रीपूर्ण खेलका लागि भारतका कप्तान सुनिल क्षेत्री पनि नेपाल आउने



काठमाडौं, ११ भदौ । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्री पनि मैत्रीपूर्ण खेलका लागि नेपाल आउने भएका छन् ।भारतका मुख्य प्रशिक्षक इगोर स्टिम्याकले नेपालविरुद्धको मैत्रीपूर्ण खेलका लागि सार्वजनिक गरेको २५ सदस्यीय टोलीमा सुनिल क्षेत्रीलाई पनि समावेश गरेका छन् ।

भारतले दशरथ रंगशालामा भदौ १७ र २० गते खेल्नेछ । भारतीय टोली सोमबार नेपाल आइपुग्नेछ ।भारतीय टोलीमा गोलकिपरमा अमृन्दर सिंह, धीरज सिंह मोइरङ्घम र गुरप्रित सिंह सन्धु परेका छन् ।

त्यसैगरि मिडफिल्डरमा लेलेङमाविवा, बिपिन सिंह, अनिरुध थापा, सहल अब्दुल समाद, ब्रान्डन फर्नान्डेस, लिन्टन कोलाको, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेश सिंह वाङजम, जेक्सन सिंह र प्रोने हाल्डर परेका छन् ।फरवार्डमा सुनिल क्षेत्रीका साथै मानबीर सिंह, रहिम अली र फारुख चौधरी रहेका छन् । त्यसैगरी डिफेन्डरमा प्रितम कोटल, चिङलेन्साना सिंह कोनशम, मन्दर राओ देसाई, आकाश मिश्र, राहुल भेके, सुभासिश बोस का साथै सेरिटन फर्नान्डेस रहेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्