Logo

माधव नेपाल छाड्ने मन्त्रीबाट पुरस्कृत



विराटनगर, ११ भदौ । माधवकुमार नेपालको साथ छाड्नेहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धमाधम पदबाट पुरस्कृत गरिरहेका छन् । साथ छाड्दा दुईजनाले मुख्यमन्त्री पाइसकेका छन् । केहीले भने मन्त्री पाएका छन् ।

आज प्रदेश नं १ मा दुईजनाले मन्त्री पद पाए । दुवैजना लामो समय माधवकुमार नेपालको साथमा थिए ।

माधव नेपालको साथ छाडेर एमालेमै बसेका बलबहादुर साम्सोहाङ र लछुमन तिवारी मन्त्री बनेका हुन् । उनीहरुलाई मुख्यमन्त्री भीम आचार्यको सिफारिशमा मन्त्री नियुक्त गरिएको हो ।

तिवारी तेह्रथुमका हुन् भने साम्सोहाङ ताप्लेजुङका हुन् । उनीहरु एमालेमै रहन तयार भएका थिए । प्रदेशमा एमालेको बहुमत भएपनि फुटेपछि अल्पमतमा पर्ने सम्भावना देखिएको छ । बहुमत पुर्याउन आचार्यले माधव नेपाल पक्षमा गएका सांसदलाई तान्न खोजिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्