Logo

ओलम्पिक स्वर्ण जितेका निरजको नाममा स्टेडियम



एजेन्सी, ११ भदौ । भारतका लागि टोकियो ओलम्पिकमा एकमात्र स्वर्ण जितेका एथलेटिक्स खेलाडी निरज चोपडाको नाममा स्टडियम उदघाटन भएको छ । आज भारतका रक्षामन्त्री राजनाथ सिंहले पुणेस्थित स्डेडियममा निरजको नाम राखेर उदघाटन गरेका हुन् ।

निरज चोपडा स्टेडियम आर्मी स्पोर्टस् इन्स्टिच्युट पुणे कान्ट राखिएको स्टेडियम भारतीय सेनाको हो । स्टेडियम उदघाटनमा निजर पनि रक्षामन्त्री सिंहसँगै कुर्सीमा देखिएका थिए । भारतीय सेनाका सेनापति एम एम नरवाणे पनि कार्यक्रममा सहभागी थिए ।

Photo Source: ANI



प्रतिक्रिया दिनुहोस्